शनिबार, कार्तिक ६, २०७८

वर्ष ०७५ को हेम बहादुर मल्ल सम्मान डा. दासलाइ

काठमाडौं पुस २४ ,
नेपाल जनप्रशासन सघं र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सयुक्तरुपमा हरेक वर्ष प्रदान गर्दै आएको हेम बहादुर मल्ल सम्मान वर्ष २०७५ सालका लागि  डा.गौरीशंकरलाल दासलाइ प्रदान गरिने भएको  छ ।

तत्कालीन श्री ५ को सरकार निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना कालमा महाप्रबन्धको रुपमा सेवा प्रवेश गर्नु भएका स्व मल्लले कर्पोरेशनको पहिचान स्थापितका लागि गर्नु भएको २५ वर्षको योगदानको सम्मानमा स्थापित दुई लाख रुपैयाँ राशीको पुरस्कार २०६० साल देखि निरन्तर प्रत्येक वर्ष प्रदान गरिदै आएको साल्ट ट्रेडिङले जनाएको छ ।

पुरस्कार सम्बन्धी जानकारी दिन आज राजधानीमा कर्पोरेसन र संघद्दारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा दिईएको  जानकारी अनुसार पूर्व मन्त्री माधव प्रसाद पोडेलको संयोजकत्वमा पानका अध्यक्ष कृष्ण कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङका अध्यष लक्ष्मीदास मानन्धर नेपाल सरकारका पूर्व सचिव पुण्य प्रसाद न्यौपाने , जीवन प्रभा लामा सदस्य रहेको उच्चस्तरिय छनौट समितिको निर्णयानुसार डा दासलाइ उक्त पुरस्कारबाट सम्मानीत गरिन लागेको हो ।
त्यस्तै पत्रकार सम्मेलनमा वरिष्ठ छातीरोग विशेषज्ञ समेत रहेका ९६ वर्षीया डा दास सामाजीक अभियन्ताको क्षेत्रमा एक उज्ज्वल नक्षत्रको रुपमा रहेको जानकारी दिदै उहाँले आफ्नो जीवनमा मुलुकको लागि विभिन्न क्षेत्रमा रहेर गर्दै आउनुभएको योगदान आफैमा महत्वपूर्ण भएका कारण प्राप्त नामावली मध्ये १६औ। श्रृखलाको पुरस्कारका लागि डा दासलाइ छनोट गरिएको जानकारी दिनुभयो ।

त्यस्तै विस २०६० सालमा स्थापना गरिएको पुरस्कारबाट पहिलो पटक केदारभक्त माथेमा, त्यस्तैगरि क्रमस चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङगाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र नागरि समाजका अगुवा देवेन्द्रराज पाण्डे , नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र डा।सन्दुक रुईतलाई प्रदानलाइ सम्मानित गरिसकेको जानकारी दिनु भयो ।

पत्रकार सम्मेललनमा पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले मुलत नुनको कारोवारलाइ व्यवस्थित गर्ने आम उपभोक्तालाइ राहत दिने लक्ष्यले स्थापित यस संस्थाले पछिल्लो समय दैनिक अत्याआवश्यक वस्तुको आपुर्ति अन्र्तगत नुन चिनी मैदा अनुदानित रासायनिक मल,ग्यास लगायतको व्यवस्थित विक्री वितरण गर्दै आएको जानकारी दिदै कर्पोरेसनले जस्तो सुकै विषम अवस्थामा पनि उपभोक्ताका लागि सहज सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031