शनिबार, बैशाख १५, २०८१

संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा सहभागी नहुने

काठमाडौं मंसिर २७,
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आउन नसक्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक आइतबार विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।