शुक्रबार, बैशाख १४, २०८१

प्रदेश न ५को राजधानी बुटवलबाट अन्यत्र सार्नुपर्ने कारण माग गर्दै प्रतिपक्षीदलको विरोध

मंगलवार मुख्यमन्त्री पोखरेलले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं असोज १९,
५ न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको नामाकरण राजधानीको विषयगत प्रस्ताव आज प्रदेश सभा बैठममा प्रस्तुत भएपनि प्रस्तुत प्रस्ताव उपर औपचारिक छलफल हुन नसकेको थाहा भएको छ ।

बैठमा छलफलको कारवाही भएको घोषण भएसंगै प्रतिपक्षी दल कांग्रेस, जनता समाजबादी पार्टीका सांसदहरुले प्रस्तुत प्रस्ताव उपर विमति जनाउदै बैठकमा नारावाजी सहित   बैठक अवरोध गरपछि बैठक अवरुद्ध हुनको अलावा प्रस्ताव माथि छलफल हुन नसकेको बुझिएकोछ ।

बैठकमा अवरोध भएसंगै मंगलवार बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र मंगलवार नै प्रस्तुत प्रस्ताव माथि मतदान पक्रियाबाट छिनोफानो गर्ने योजना रहेको बताइएकोछ ।

प्राप्त जानकारी अनुसार बैठकमा सासंदहरुले प्रदेश न ५को राजधानी बुटवलबाट अन्यत्र सार्नुपर्ने कारणको जानकारीदिन माग गर्दै प्रदेश सरकारले मनमानी रुपमा प्रस्तुत गरेको प्रस्तावले लोकतन्त्रको ठाडो उपहास गरेको बताउनुभयो ।  त्यस्तै सत्तापक्ष सासदले समेत प्रदेशको नामाकरणमा सहमति जनाएपनि राजधानीको विषयमा पुनर्विचार गर्न आवश्यक रहेको जिकिर गर्नुभएको बुझिएको छ।