बिहिबार, चैत्र १५, २०८०

दिनेश एफएममा भएको श्रृंखलावद्ध आक्रमणको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं असोज १९,
पछिल्लो पटक कैलालीमा दिनेश एफएममा भएको आक्रमण तथा श्रृंखलावद्ध रूपमा भइरहेको प्रेस स्वतन्त्रता हननका   घटना सन्दर्भमा नेपाल पत्रकार महासंघले स्थलगत अध्ययनका लागि पठाएको अध्ययन टोलीले स्थलगत अध्ययनपश्चात सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल तथा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा  रहेको  अध्ययन टोलीमा सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु मिन बम, उत्तर विष्ट, श्याम भट्टसहित सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह र कैलाली शाखा अध्यक्ष जगत साउद रहनु भएको छ ।

यस्तो छ अध्ययन टोलीको प्रतिवेदन