शुक्रबार, बैशाख १४, २०८१

देशभर कोभिड सक्रिय संक्रमितको संख्या २३ हजार नाघ्यो, आज मात्रै २४ सय ४० जनामा संक्रमण पुष्टि

देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुग्यो , २४४ जना आइसीयूमा र ४३ जनाको भेन्टीलेटरमा उपचारर हुँदै , अत्यावश्यक काम नपरी काठमाडौ नआउन, काठमाडौँमा रहेकाहरुलाई घरबाट ननिस्कन आग्रह

काठमाडौ असोज १९,
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा ९कोभिड९१९० संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षणकाको क्रममा २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको जनाउदै मन्त्रालयले आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको जनाउदै देशभर थप १ हजार १३३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको जानकारी दिएको छ ।

त्यस्तै देशभरका अस्पतालका २४४ जना आइसीयूमा र ४३ जनाको भेन्टीलेटरमा उपचारर हुँदै गरेको जानकारी सहित देशभर ४ हजार ३३ जना क्वारेनटिनमा र १२ हजार ३ सय १६ होम आइसोलेसनमारहेका जनाएकोछ । साथै मन्त्रालयले संस्थागत आइसोलेसनमा रहेको सख्या ११ हजार १ सय ९१ भएको जानकारी दिएको छ ।

साथै संक्रमणका कारण देशचर १९ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको जनाएकोछ । जसअनुसार सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीय, ललितपुरका ३ वर्षीय बालक सहित ५५ र ७१ वर्षीय, नवलपरासीका ३६ वर्षीय, चितवनका ६२ वर्षीय पुरुष, त्यसैगरी पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ ,८३ वर्षीया र गोरखाकी ४५ वर्षीया महिला रहेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अत्यावश्यक काम नपरी काठमाडौ नआउन, काठमाडौमा रहेकाहरुलाई घरबाट ननिस्कन, निस्कनै परे स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नु भएको छ।