बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा ३ वर्षीय बालक सहित १२ जनाको मृत्युसंगै थपियो १ हजार ५३१ संक्रमित

काठमाडौ असोज १९,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १ हजार ५३१ जनामा कोभिड संक्रमण देखिएको छ । देशैभर १३ हजार ७८१ जनाको पीसीआर परीक्षणको क्रममा २ हजार ४४० जनामा संक्रमण देखिएको र यसमध्ये काठमाडौं उपत्यकामा काठमाडौँमा १ हजार १७८ ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी १ हजार ५३१ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय काठमाडौ उपत्यका संक्रमणको जोखिम बढदो क्रममा रहेको भन्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अत्यावश्यक काम नपरी काठमाडौ नआउन, काठमाडौँमा रहेकाहरुलाई घरबाट ननिस्कन, निस्कनै परे स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नु भएको छ।

त्यस्तै ५ महिला र १४ जना पुरुष गरि पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यसमध्ये काठमाडौं उपत्यकाका मात्र ललितपुरका ३ वर्षीय बालक सहित १२ जना रहेको मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार उपत्यकामा संक्रमणका कारण निधन हुनेमा क्रमस काठमाडौका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीय, ५५ र ७१ वर्षीय र काठमाडौकै ७६, ८१ ,८३ वर्षीया संक्रमित रहेको जनाएको छ ।