शनिबार, बैशाख १५, २०८१

तिहार पर्वको समापन संगै राजधानीको बजारमा छठ पर्वको रौनक शुरु

काठमाडौ कार्तिक १३,  वर्ष २०७६को तिहार पर्वको समापन संगै बजारमा छठ पर्वको रौनक सहित चहलपहल सुरु भएको छ । पर्वका लागि राजधानीको विभिन्न क्षेत्रमा रहेको  खोला क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि सरसफाइका कार्य   शुरु भएको छ ।

छठपर्व  विधिवत् रुपमा  विहिवार  देखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन विहिवार वर्तालु महिलाले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण  गर्दै  अर्नाविधि अन्र्तगत    परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले   पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधनीको रानीपोखरी, टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।