शुक्रबार, बैशाख १४, २०८१

संसद्को अन्तिम बैठकलाइ सम्बोधन गर्दै देउवा ,ओली र प्रचण्डले के भने ?  

  •  प्रजातन्त्रका विषयमा काँग्रेसले कसैसँग कुनै पनि हालतमा सम्झौता गर्दैन :  प्र.म. एवं नेपाली काँग्रेसका सभापति  देउवा

  • बामतालमेल लोकतान्त्रिक मूल्यमान्यता एवं राष्ट्रियताको सम्वद्र्धनका लागि :  प्रतिपक्षी दलका नेता ओली

  • वाम तालमेललाई कम्युनिष्ट अधिनायकवादको अर्थमा नबुझ्न आग्रह : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं असोज २८, व्यवस्थापिका–संसद्को अन्तिम बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउँदै संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ ।  त्यस्तै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको बैठकलाइ जानकारी गराउँदै उहाँले  संविधान जारी भएपछि , स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको जनाउँदै मधेशी समुदायको माग सम्बोधन गर्न पेश भएको संविधान संशोधन प्रस्ताव पेश हुन नसके पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

 साथै उहाँले राष्ट्रियता र प्रजातन्त्रका विषयमा काँग्रेसले कसैसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट गर्दै निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लम्किने जनाउ दिदै यसवीचमा झिनामसिना विषयमा विवाद गर्नु तर्कसंगत नहँने  भन्दै संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख नभएको प्रष्टिकरण सहित मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा निर्वाचन आयोगले पनि मन्त्रिपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने जनाइसकेको छ र राष्ट्रपतिले पनि यसमा संवैधानिक भूमिका निर्वाह गर्नुभएको छ यसअर्थमा पनि विवादको लागि विदवाद गर्नु आवश्यक नभएको बताउँनु भएको छ ।   सम्बोधनको क्रममा प्रम देउवाले तत्कालीन प्रधानमन्त्री स्वसुशील कोइराला, बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, पुष्पलाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी लगायतका नेतालाई स्मरण गर्नु भएको थियो ।

त्यस्तै प्रतिपक्षी दलका नेताका एवम् एमालेका अध्यक्ष केपी ओलीले संसद्को अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमण्डलमा सदस्य थप्ने प्रयास गलत भएको टिप्पणी गर्नु भएको छ ।   साथै सरकारको एकमात्र काम आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको भन्दै एमाले र माओवादी केन्द्रको चुनावी तालमेल लोकतान्त्रिक मूल्यमान्यता एवं राष्ट्रियताको सम्वद्र्धनका लागि भएकाले यसबाट कोहि पनि अत्तालिनु जरुरी नभएको बताए । साथै सम्बोधनकै क्रममा अध्यक्ष ओलीले निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्री थप्न हुन्न भन्ने पत्राचार गरेको अवस्थामा कानूनको पालना गराउने सरकारबाटै आचारसंहिताको उल्लंघन हुनु दुःखद भएको जनाउ दिनु भएको छ ।

त्यस्तैगरि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको जिकिर गर्दै व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा उहाँले संविधान जारी हुनुसँग शान्ति सम्झौताको सम्बन्ध रहेको बताउँनु भएको छ ।  साथै उहाँले निर्वाचनका लागि गरिएको वाम तालमेललाई कम्युनिष्ट अधिनायकवादको अर्थमा नबुझ्न आग्रह गर्दै उहाँले उक्त गठबन्धन कसैका विरुद्ध नभएको स्पष्ट पादै्र्र हामी नेपाली काँग्रेससँग पनि एक प्रकारको सहकार्यमा रहने बताउनु भएको थियो ।