काठमाडौ असोज ३१, प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्वको ६४ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गर्दै यसअघिका सत्ता साझेदार माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज कार्य विभाजनमा हेरफेर गर्नु भएको सूची अनुसार उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । त्यस्तै
राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने राज्यमन्त्रीमा कुन्तीकुमारी शाही ९शहरी विकास०, भास्कर भद्रा(ऊर्जा), सुशीलकुमार श्रेष्ठ (आपूर्ति) र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिनुभएको छ ।
त्यस्तै प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले राख्नु भएको छ ।