शनिबार, बैशाख ८, २०८१

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

काठमाडौ असोज ३१ राष्ट्रिय मानवअधिकार आयोगले नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएकोमा खुसी व्यक्त गरेको छ ।   संयुक्त राष्ट्रसंघ महासभाको चालु ७२ औँ अधिवेशनले नेपाललाई संयुक्त राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार परिषद्को एशिया तथा प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित गरेको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा परिषद्मा नेपालको उपस्थितिले देशभित्रको विद्यमान दण्डहीनताको अवस्थाको अन्त्यका लागि महत्वपूर्ण योगदान पुग्नसक्ने अपेक्षासमेत अभिव्यक्र गर्दै  देशभित्र यातना, गैरन्यायिक हत्या लगायत गम्भीर एवं जटिल स्वरूपमा रहेको संक्रमणकालीन न्यायको प्रभावकारी र मान्य सम्बोधन, मानवअधिकारको संरक्षण, संवद्र्धन र सम्मानमा पनि नेपाल सरकारको पर्याप्त ध्यान पुग्नेमा आयोग विश्वस्त रहेको उल्लेख छ ।

साथै आयोगका निर्वाचन प्रक्रियाका क्रममा नेपाल सरकारको कूटनीतिक पहलको सम्झना गर्दै नेपाललाई निर्वाचित गराउन सहयोग पु¥याउने राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आयोग आभार प्रकट गर्दै परिषद्मा नेपालको उपस्थितिले अन्तर्राष्ट्रिय जगतमा यसको सम्मान र संरक्षण तथा आयोगले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि विगतमा गरेका सिफारिसको कार्यान्वयन, मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयन र कानूनी शासनमा समेत उल्लेखनीय प्रगति हुनेमा आयोगले विश्वास व्यक्त गरेको छ ।