बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले छान्यो निर्वाचनका लागि सात जिल्लामा आफ्ना योद्धा

काठमाडौ कार्तिक १ , सत्तारुढ दल नेपाली काँग्रेस संसदीय समितिको मंगलवार बसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको पहिलो चरणको निर्वाचनका लागि सात वटा जिल्ला उम्मेदवार चयन गरेको छ ।   पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकलयन गरेका उम्मेदवारहरु क्रमस ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) हुनुहुन्छ ।

यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) हुनुहुन्छ ।

त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनोट हुनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।