शुक्रबार, बैशाख १४, २०८१

उम्मेदवारको नाम टुंगो लगाउँन काँग्रेस संसदीय समिति गठन

काठमाडौ असोज २४,  नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको निर्णायक सिफारिस सहितआश्विन २७ गतेभित्र दुवै तहको निर्वाचनको सबै उम्मेदवारहरुको नाम टुंगो लगाउँन संसदीय समिति गठन गरेको छ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श पछि आज काँग्रसले समिति गठन गरेको सम्वद्ध स्रोतले जनाएको छ । यद्यपि, समितिका सदस्यहस्को नाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि अर्थात गत असोज २० गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार प्रत्यायाजित गरेको थियो ।