बिहिबार, चैत्र १५, २०८०

२ किलो अफिम र २२ किलो चरेससहित तामाङ र मोक्तान पक्राउ

यात्रुवाहक बस चेकजाँच गर्दा लागुऔषध ५६२ एम्पुल लागुऔषध तथा १ हजार ४०८ ट्याब्लेट  नाइट्रेपाम   सहित शाह,   सहनी र   श्रेष्ठ पक्राउ  

काठमाडौं असोज २४,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सहित पाँचजनालाई पक्राउ गरेको छ ।

ब्यूरोले आज आयोजित पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार धादिङका तामाङसँग १ किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ त्यस्तै मकवानपुरका मोक्तानबाट अनुसन्धानको क्रममा १ किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँ समेत वरामद भएको जनाएको छ ।  प्रहरीका अनुसार तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाएको छ ।

  यसैवीच  यसैवीच महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ख ८७९ नंको यात्रुवाहक बस चेकजाँच गर्दा लागुऔषध ५६२ एम्पुल लागुऔषध तथा १ हजार ४०८ ट्याब्लेट नाइट्रेपाम सहित ३ जना क्रमस लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।