शुक्रबार, चैत्र १६, २०८०

१२ करोड वेरुजु फर्स्योटको तयारी

काठमाडौ असोज २५ , ८० प्रतिशत भत्ता खाइरहेका संसदका कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको खवर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित रहेको छ ।  प्रकाशित खवरमा अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसदको व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक( कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५० रुपैयाँ)  खाना भत्ता दिएको थियो ।

कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको थियो । यति ठूलो रकम बेरुजु हुने देखेपछि सभामुख ओनसरी घर्तीमगरले महालेखा परीक्षकसँग आफैं कुराकानी गरेर बेरुजु फर्स्योट गर्न प्रक्रिया सुरु गरेकी हुन् ।  सभामुख घर्तीले अबदेखि दोहोरो सुविधा नबाँड्ने शर्तमा अर्थबाट सहमति लिई बेरुजु फर्स्योटका लागि महालेखामा पत्राचार गरेकी छन् ।