काठमाडौं असोज ४ , नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरमाथि समाचार संकलनका क्रममा प्रहरी प्रमुखबाट भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित गरुडा माविमा मतगणनाबारे उत्पन्न विवादको समाचार संकलनका क्रममा संवाददाता ठाकुरमाथि प्रहरी प्रमुखले दुव्र्यवहार गर्दै केही समय मोबाइल फोन समेत नियन्त्रणमा लिएको पत्रकार ठाकुरको भनाई रहेको महासंघका सचिव तथा निर्वाचन विशेष संयन्त्र संयोजक शितलप्रसाद महतोद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको स्मरण गराउँदै यस्ता क्रियाकलाप नगर्न र घटनाको वास्तविकता पत्ता लगाई दोषिमाथि कारवाही गर्न महासंघले सम्बन्धित पक्षसँग माग गरेको छ ।