शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष ओली, वरिष्ठनेता नेपाल र मा.के.का नेता शर्मा मताधिकारबाट बन्चित उम्मेदवार

काठमाडौ कात्तिक १९ ,  संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका प्रमुख दलका शिष देखि कनिष्ठ सम्मका नेताहरुले आफुले आफैलाइ मतदान गर्न नपाउँने भएको छ । निर्वाचनमा उम्मेदवार भएपछि एक मतको पनि ठूलै महत्व हुन्छ भने एक मतका कारण निर्वाचनमा जित हार समेत हुन्छ । तर अहिले निर्वाचन प्रतिस्पर्धामा खडा भएका कतिपयले उम्मेदवार जो आफ्नो मतदाता नामावलीमा नाम भएको गृहजिल्ला भन्दा वाहिरको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका कारण उनिहरुले मतदान गर्न नपाइने भएको हो  ।

त्यस्तै आफै निर्वाचनमा उम्मेदवार भएर आफ्ना लागि आफ्नो मत प्रयोग गर्न नपाउने नेतामा  एमाले अध्यक्ष केपी  ओली समेत रहेका छन । नेता ओलीले   झापाबाट मतदाता नामावली भक्तपुरमा सारेको र उहाँ झापा ५ बाट निर्वाचन प्रतिस्पर्धामा भएका कारण यसपटक झापामा उहाँले मतदान गर्न नपाइने भएको छ ।   त्यस्तै एमालेकै अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफु प्रतिस्प्रधामा उत्रिएको निर्वाचन क्षेत्रबाठ मतदान गर्न नपाउँने भएको छ । किनकी नेता नेपाल रौतहटको गौर नगरपालिकाका मतदाता हुन । तर  उहाँ काठमार्डौ  निर्वाचन क्षेत्र न २बाट चुनावी मैदानमा रहेका  उहाँले मतदान गर्न नपाइने भएको छन ।

त्यस्तै  काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्माको मतदाता नामावली रुकुममा भएका कारण उहाँले पनि मतदान गर्न नपाउँने भएको छ । त्यसो त यसअघि दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने परम्परा समेत यसपटक ताृडिएको छ । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।