शुक्रबार, बैशाख १४, २०८१

आज उम्मेदवारलाइ निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौ कात्तिक १९, निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । साथै आजै आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ ।  उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेदवारी परेकोमा एक जनाको खारेजी भएको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।