मङ्लबार, बैशाख २५, २०८१

विश्व हिन्दू महासंघ अन्तराष्ट्रियद्दारा नेपाल सरकारप्रति स-धन्यवाद अभिव्यक्त

 काठमाडौं पुस १ , नेपाल सरकारले हालै मन्त्रीपरिषदको बैठकबाट तत्कालीन स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी आधुनिक नेपाल निर्माण गर्ने राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको आगामी पुस २७ गते मनाइने शुभ जन्मोसवलाइ राष्ट्रिय पर्वकोरुपमा मनाउँन सार्वजनिक विदा दिने गर्नु आफैमा महत्वपूर्ण निर्णय भएको भन्दै विश्व हिन्दू महासंघ अन्तराष्ट्रियले नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीप्रति स-धन्यवाद ज्ञापन गर्दै सरकारको प्रस्तुत निर्णयको भित्रि ह्दय देखि स्वागत गरेको छ ।

महासंघ अन्तराष्ट्रियका अध्यक्ष जरनल भरत केशर सिंहद्दारा आज जारी प्रेस विज्ञप्तिमा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउन   नेपाल सरकारले गरेको गौरवाशाली तथा राष्टवादी निर्णयले आज जनजनमा राष्ट्रियताप्रतिको दायित्वलाइ थप मजवुत बनाउने  महत्वपूर्ण पाइला भएको  जिकिर गरिएको छ । त्यस्तै मुलुकमा राष्ट्रियताको जगलाइ संस्थागत गर्न र राष्ट्रप्रति आम नेपालीको भनोभावलाइ थप उजागरित गर्न राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर अंकित मुद्रा समेतको प्रकाशनतर्फ नेपाल सरकारले पाइला बढाओस भन्ने कामना गर्दै नेपाल  सरकार प्रति धन्यवाद अभिव्यक्त गरिएको  छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930