बुधबार, बैशाख ५, २०८१

पाँच दललाइ राष्ट्रिय दलको मान्यता दिदै सकियो समानुपातिकको मतगणना

  • १ नेकपा एमाले : ३१ लाख २४ हजार ७ सय ४७ मत

  •  २ नेपाली कांग्रेस :  ३० लाख ६० हजार ८ सय ५० मत

  •  ३ माओवादी केन्द्र :   १२ लाख ७३ हजार ७ सय ७१ मत

  •  ४ संघीय समाजवादी फोरम :  ४ लाख ५९ हजार ७१ मत

  •  ५ राजपा :  ४ लाख ४७ हजार ५ सय २९ मत

काठमाडौं पुस १ , गत मंसिर १० र २१ गते सम्पनन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना सकिएको छ । सम्पन्न मतगणना अनुसार नेकपा एमालेले पहिलो दल बन्न सफल भएको छ । यसअघि पहिलो हुने निर्वाचनमा पनि एमाले ठूलो दल बन्न सफल भएको छ ।  निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत पाएको जनाएको छ ।

त्यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१ पाउँदै गर्दा राजपाले ४ लाख ४७ हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १ लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४ सय ८१, नयाँ शक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएको जनाएको छ ।

संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था अनुसार पाँच वटा दल क्रमस एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।   अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन नसकेको आयोगले जनाएको छ ।

राष्ट्रिय दल बन्न नसकेका पार्टीहरु :   

  •  ६  विवेकशील साझा पार्टी :   २ लाख ११ हजार ४ सय ९३   मत
  •   ७ राप्रपा:  १ लाख ९३ हजार ८ सय ७२   मत
  •   ८ राप्रपा प्रजातान्त्रिक:   ८७ हजार ४ सय ८१  मत
  •   ९ नयाँ शक्ति पार्टी : ८० हजार ६ सय ९३   मत
  •  १० राष्ट्रिय जनमोर्चा:  ६२ हजार ४५   मत

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930