मङ्लबार, बैशाख २५, २०८१

मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिने प्रतिवद्धता सहित राजपाको घोषणापत्र सार्वजनिक

मधेश आन्दोलनमा सहादतप्राप्त गर्नुभएकाहरुका प्रत्येक परिवारलाई रु ५०/५० लाख क्षतिपूर्ति दिनाका साथै  परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्च शिक्षा र प्रत्येक परिवारबाट एक/एकजनालाई मधेश सरकारले रोजगारी  र    १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने  प्रतिबद्धता

 महोत्तरी मंसिर ७,  राजपा का नेता एवम् धनुषाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका राजेन्द्र महतोले जलेश्वरमा आज ‘राजपा नेपालको घोषणापत्र सार्वजनिकीकरण गर्दै मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गर्नुभएको छ । यसअघि यस्तो घोषणा नेता महतोले तत्कालीन मधेस आन्दोलनको क्रममा शहीद परिवारलाई रु ५० लाख दिने कुरा गर्दा सर्वत्र आलोचना भएको थियो ।   यद्यपी नेता महतोले मधेश आन्दोलनमा सहादतप्राप्त गर्नुभएकाहरुका प्रत्येक परिवारलाई रु ५०/५० लाख क्षतिपूर्ति दिनाका साथै  परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्च शिक्षा र प्रत्येक परिवारबाट एक/एकजनालाई मधेश सरकारले रोजगारी  र    १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने  प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिकीकरण गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा राजपाका संयोजक तथा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार महन्थ ठाकुरले संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्दै  संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने भएकाले राजपालाई संविधान संशोधन गर्न योग्य बनाउन आसन्न निर्वाचनमा बहुमतका साथ जिताउन आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  १५ बुँदे राजपाको घोषणापत्रमा हुलाकीमार्ग, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाडौँ निजगढ दु्रतमार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर अन्तर्राष्ट्रिय पर्यटनस्थल एवं विश्व हिन्दू केन्द्र, वीरगञ्ज नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्ड स्तम्भ एवं स्मारक निर्माण लगायतका विषय वस्तु समेटिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031