बिहिबार, चैत्र १५, २०८०

तीन घेरा सुरक्षा चक्रमा मतपत्र छपाइ सकियो ,प्याकिङको काम सुरु

काठमाडौं मंसिर ७,    जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ ।   जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए । उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र पु¥याउन प्याकिङको काम भइरहेको जानकारी दिए ।

 

उनका अनुसार मतपत्र छपाइमा संवेदनशीलता अपनाउँदै तीनघेरा सुरक्षा चक्रमा छपाइ कार्य सकेको हो । उनका अनुसार पहिलो घेरामा सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको रोहबरमा मतपत्र छपाइ कार्य पुरा भएको हो । –नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।