काठमाडौ मंसिर ७ , काठमाडौ वडा २५ ढोका बहालस्थित उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै महानगरपालिकामा प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको कामले रफ्तारमा गति लिएको बताउँदै महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु गरिएको जानकारी दिनुभएको छ ।
सुन्दर र समृद्ध महानगरको लागि करिव एक अर्ब भन्दा बढीको लागत बजेटमा सुरु गरिएको विकास निर्माणका कामले चाडनै महानगरको मुहार फेर्ने यहाँको भनाइ रहेको थियो ।
त्यस्तै यहाँले स्थानीय तहको सरकारका लागि आफुलाइ निर्वाचित गराएजस्तै केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न अझ सजिलो हुने भन्दै विकासका सपना पूरा गर्नका लागि पनि प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु आवश्यक रहेको बताए ।