काठमाडौं कार्तिक २८, आफनो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संरक्षण गर्ने उदेश्यले कतारस्थित मगर सांस्कृतिक संघ शाखा र नेपाली कलाकेन्द्र दोहा कतारले गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको छ । सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन रहेको छ ।
चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर,सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ । जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर,सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्मार्ण गरिएको गीतलाई कतारको बिभिन्न शहरमा छाँयाकन सहित गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।