मङ्लबार, बैशाख १८, २०८१

काँग्रेसले मिडिया सेन्टर स्थापना सहित प्रचारप्रसार समन्वय उपसमितिलाई पूर्णता दियो

  काँग्रेसको ४३ सदस्यीय प्रचारप्रसार उपसमितिमा को-को छन ? 

 काठमाडौं कार्तिक २२ , आसन्न निर्वाचन प्रयोजनार्थ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आज बाट मिडिया सेन्टरको सुभारम्भ गरेको छ ।  आसन्न निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको जनाउँदै आफ्ना उम्मेदवारको पक्षमा  व्यापक प्रचार प्रसार   गर्दै  विजयी बनाउँन र आवश्यक सूचना समाचार तत्काल सम्प्रेषण गर्नका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो ।   साथै  काँग्रेसले एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा समेत आधसनिक मिठिया सेन्टको स्थापना गर्ने जनाएको छ ।

मिडिया सेन्टरको उद्घाटन गर्दै पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने दावी सहित एमाले  र माओवादी केन्द्रवीच ६०/ ४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु आफैमा मजाकको विषय भएको बताएका छन ।

  यसैवीच आसन्न निर्वाचन प्रयोजनको लागि केन्द्रीय सदस्य गगनकुमार थापा संयोजकत्वको गठित केन्द्रीय निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिएको छ ।

आज पूर्णता पाएको पाएको कूल ४३ सदस्यीय प्रचारप्रसार उपसमितिको सहसंयोजकमा बद्री पाण्डे, उपसंयोजकमा बद्री सिग्देल र सदस्यमा होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, डा सुुरेश आचार्य र धर्मेन्द्र झा रहनुभएको छ भने सदस्यमा डा तुलसीप्रसाद भट्टराई, पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, श्रीआचार्य, हरिविनोद अधिकारी, देवप्रकाश त्रिपाठी, कवीर राणा, तीर्थ थापा, श्रवण मुकारुङ, हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, मोहन ज्ञवाली, समीरजंग शाह, कृष्ण केसी र परसु घिमिरे डा सुधांशु दाहाल, गोपाल झा, अजयबाबु शिवाकोटी, विनकुमार विश्वकर्मा, डा लोक भट्टराई, वसन्त प्रकाश उपाध्याय, सहजमान श्रेष्ठ, रमेश विष्ट, प्रकाश थापा, प्रकाश रिमाल, दामोदर दवाडी, गोविन्द परियार, महेन्द्र अर्याल, चन्द्र ढकाल र ठाकुर सिम्खडा सदस्य रहनु भएको काँग्रेस मुख्यालयले जनाएको छ ।