बिहिबार, बैशाख ६, २०८१

काठमाडौं १० निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेश सभामा कुन उम्मेदवारको पल्ला कस्तो ?

 काठमाडौं कार्तिक २२ , आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौको १० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी दिएका काँग्रेसका उम्मेदवार र वाम गठबन्धन त्यस्तै विकेक शील साझा पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारको लोकप्रियता जनाधारलाइ मध्यनजर गर्दै १० निर्वाचन क्षेत्रमध्ये कुन कुन उम्मेदवार विजय हुन्छन भन्ने अड्कलवाजी सुरु हुन थालेका छन ।

चुनावी कार्यक्रम अन्र्तगतको उम्मेदवारहरुले गर्ने गरेको घरदैलो त्यस्तै चोकचोकमा हुने गरेको चिया गफ मात्र नभएर प्राय सवै सरकारी देखि गैर सरकारी कार्यलयमा समेत हुने गरेको संवाद र सम्वद्ध क्षेत्रका पार्टी आवद्ध कार्यकर्तासंगको औपचारिक र अनौपचारिक संवादलाइ आधार मानिएको छ ।   त्यस्तै काठमाडौंको १० निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अन्र्तगत एमालेले ७ माओवादी केन्द्रको तर्फबाट ३ उम्मेदवार र काँग्रेसको तर्फबाट ९ र काँग्रेसको समर्थनमा १ उम्मेदवार त्यस्तैगरि विवेकशील साझाका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन ।

जस अनुसार काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये क्षेत्र न १ मा प्रकाशमान सिंह   क्षेत्र न् ३ का उम्मेदवार अम्विका बस्नेत ४ न क्षेत्रबाट गगन थापा क्षेत्र न ५ का उम्मेदवार प्रकाशशरण महत र  ६ बाट भीमसेनदास प्रधानलाइ विजयी उम्मेदवारको सूचीमा राखिएको छ भने क्षेत्र न २, ३ ,८ र ९ र १० का उम्मेदवारले विगतको तुलनामा थप मेहनत गर्नु पर्ने जिकिर गरिएको छ । त्यस्तैगरि क्षेत्र न. १ का विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाइ पनि ६०र ४० प्रतिशतको आधारमा हेरिएको छ ।

त्यस्तै गरि वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका क्षेत्र न२ का उम्मेदवार माधवकुमार नेपाल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठलाइ निर्वार्चित हुने उम्मेदवारको रुपमा लिईएको छ भने १० न . क्षेत्रका उम्मेदवार हितमान शाक्यलाइ पनि ६० /४० को प्रतिशतमा हेरिएको छ ।

त्यस्तै प्रदेशसभातर्फ काँग्रेसको तर्फबाट १ मा दिपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछाने   २ लोकेश ढकाल , ३ मा छिरिङदोर्जे लामा, ४ मा नरोत्तम वैद्य र साधुराम खड्का ५ रमेश खड्का , ६ मा  काग्रेसको तर्फबाट न्हुच्छेनारायण मानन्धर, ७ विजय माली , ९ धर्मराज गौतम र १० न क्षेत्रमा कांग्रेसको तर्फबाट पुकार महर्जन लाइ विजयी हुने उम्मेदवारको रुपमा हेरिएको छ भने वाम गठबन्धनको तर्फबाट क्षेत्र १,२,३,४,५,६,७,८,९,१० मा क्रमस सानु श्रेष्ठ , रामेश्वर फुयाँल, दीपक निरौला , केशव स्थापित, वसन्त मानन्धर, राजेश शाक्य र अष्टलक्ष्मी शाक्य अजयक्रान्ति शाक्य, र दिलीप महर्जनलाइ विजयी हुने उम्मेदवारको रुपमा हेरिएको छ