शुक्रबार, चैत्र १६, २०८०

महिलाका लागि प्रेरक उदाहरण बन्न सफल व्यक्तित्व निरु

झापा कार्तिक् २२,  विगत १ दशक भन्दा लामो समयदृखि मोटरसाइकल ग्यारेज संचालन गरि मेकानिकको काम गर्दै आएकी साहसी तथा कर्मठ महिला उद्धमीको उपनामले चिनिएकी निरु अर्थात निर्मला परियार झापाको मात्र नभएर पुर्बाञ्चलको नै पहिलो महिला मेकानिकको रुपमा प्रख्यात छिन । काम अनि आफ्नो पेशालाई सानो ठुलो नभनी मेहनत र परिश्रम गर्ने स्वाभाब भएकी निरुले यहि पेशा बाट सफलता समेत हात परेकी छिन । झापाको चारआलीमा २०६० साल देखि मोटरसाइकलको ग्यारेज सञ्चालन गरि मेकानिकको काम गर्दै आएकी निरुको परिचय यतिमा मात्र सिमित छैन । पेशाले महिला मेकानिक भनिएर चिनिए पनि उनि समाजसेवा तथा राजनीतिमा पनि उत्तिकै सक्रिय छिन । महिलाका लागि प्रेरक तथा उदाहरण बन्न सफल निरु यस स्थान सम्म आईपुग्न धेरै संघर्ष र मेहनत गर्नुपरेको कुरा बताउछिन ।

ग्यारेज संचालनको सुरवातएको दिनमा महिलाले पनि मोटरसाइकल बनाउन सक्छ रु मोटरसाइकलको ईन्जिन बनाउन सक्छ ? मोटरसाइकल सर्भिसीङ गर्न सक्छ ?  यो त केटाहरुले गर्ने काम हो भन्नेहरु अहिले उनको सफलता देखेर अचम्ममा परेका छन ।  मेची नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका उनि दर्जनौ सामाजिक संघ सस्थामा आबद्ध रहदै कथित जातिय भेदभाब बिरुद्दको जनचेतना अभियानमा समेत सक्रिय महिला नेत्री निरु राजनीतिलाई पेशा होईन समाजसेवा बाट अगाडी बढाउनु पर्छ र जनताको हकहितको लागि लड्नु पर्छ भन्ने सोच लिएर हिडेकी छिन । यसर्थमा पनि उनि यस समाजको एक प्रतिनिधि पात्रको रुपमा उभिएकी महिला उद्धमी, राजनीतिकर्मी तथा समाजसेवी भन्दा अतियुक्ति नहोला ।