बिहिबार, बैशाख २०, २०८१

सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य दुर्ब्यबहारलाई ७१ जना प्रहरी   नियन्त्रणमा  

प्रहरीको सेफ्टी पिन” अभियान:  

women 124

काठमाडौं भाद्र २८ , काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले श्रावण १८ गते वाट सुरू गरेको सेफ्टी पिन” अभियान अभियान अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेको जनाएको छ ।  सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई न्यूनिकरण गरी उपत्यकामा महिला तथा बालबालिकाहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण वनाउन प्रहरीले ३३टोली बनाई

Nepal-police   उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा एक महिना अघिदेखि निरन्तर रुपमा प्रहरी परिचालन गर्दै आएको छ । यस क्रममा उपत्यकामा चल्ने सवारी साधनमा दुर्ब्यबहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंबाट ६१ जना ललितपुर र भक्तपुरबाट ५/५ जना पक्राउ पर्नुको अलावा यौनजन्य दुर्ब्यबहार र अपशब्द गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना त्यस्तै सवारी साधनमा पाकेटमार्ने ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

सेफ्टी पिन अपरेसन के हो ?   सार्वजनिक यातायातमा महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य दुर्व्यवहारस यौनजन्य आशयले महिला तथा बालबालिकाको अङ्गमा छुने वा छुने प्रयास गर्ने, अश्लील तथा यौनजन्य आशय प्रदर्शन गर्ने,यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिन लगायतका कार्यहरू कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु र कतिपय पिडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको महसुश गरी कानुनी प्रक्रियामा आउन नचाहेको कारण प्रहरीले आफ्नै सक्रियतामा त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारवाही गरी सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारको न्यूनिकरण गरि व्यवस्थित, सुरक्षित र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको वातावरण निर्माण गर्न प्रहरीले थालेको अभियान हो । यस्ता किसिमका हिंसाको प्रतिकारमा महिलाले सेफ्टी पिनको प्रयोग गर्ने यथार्थलाई नै प्रहरीले अभियानको नाम दिएको हो । त्यसैले कसैलाई कुनै हिंसा भएमा प्रहरीको हटलाईन १०० वा ९८५१२८९१११ मा तुरून्त खबर गर्न सवैमा आव्हान समेत गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031