बुधबार, बैशाख १९, २०८१

हनुमानढोकामा इन्द्रध्वजा फहराइयो

काठमाडौ भाद्र १८,  राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्राको सुभारम्भ स्वरुप हनुमानढोका दरवार परिसरमा आज विहान शुभ साइतमा इन्द्रध्वजा Anup_20160913_8Anup_20160913_27Anup_20160913_6फहराइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशी अर्थात् नेपाल संवत्को ञलाःथ्व द्वादशीका दिन विधिविधानपूर्वक लिङ्गो उठाएर ध्वजा चढाइने परम्परा रअिआएको छ। इन्द्रध्वजा फराइएपछि राजधानीमा इन्द्रजात्रा सात दिनसम्म मनाउँने गरिन्छ । इन्द्रध्वजा फहराउँने क्रममा गुर्जुको पल्टनले विशेष बाजागाजाका साथ तोप पड्काएर सलामी दिएको थियो।

त्यसैगरी यसअघि स्थानीय तलेजु भवानी मन्दिरमा राखिएको भवानीको प्रतीकका रुपमा सेतो घोडालाई ल्याएर पूजा गरिएको थियो। करिब ३२ हातको सो लिङ्गो भक्तपुरको चितपोलस्थित जङ्गलबाट हनुमानढोकामा पुर्‍याइएको थियो।  इन्द्रजात्रामा गणेश, भैरव र श्रीकुमारीको रथयात्रा गर्ने चलन छ। सोही अवधिमा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीबाट श्रीकुमारीको दर्शन गरिन्छ। यसैबीच हनुमानढोकास्थित श्वेतभैरव सर्वसाधारणको दर्शनका लागि आजदेखि एक सातासम्म खुला गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031