बिहिबार, बैशाख १३, २०८१

सर्वत्र विरोधभएपछि नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगन

काठमाडौ भाद्र १८, आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत भउको भन्दै त्रिविविले राजधानीको घटटेकुलोस्थित विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई Captureस्थगन गरेको छ ।

सम्बन्धनको लागि प्रचलित कानुन,आवश्यक पूर्वाधार र मापदण्ड नपुगेको नभएकाले सम्बन्धन खारेज गर्न त्रिविलाइलाइ गरेको आग्रह र नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धनका सवालमा सर्वत्र आलोचना भएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले कलेजको यर्थाथता छानविन गर्नका लागि नेपाल ल क्याम्पसका प्राध्यापक डा सनत देवकोटाको संयोजकत्वमा छानविन समिति समेत गठन गर्दै यस्तो निर्णय गरेको हो ।

स्मरण रहोस मेडिकल कलेजको सम्बन्धनका सवालमा डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत डा केसी पछिल्लो समयमा आमरण अनशनमा रहेकै बेला गत त्रिविको कार्यकारी परिषद्ले साउन २२ मा सो सम्बन्धन दिएको थियो ।