काठमाडौं भाद्र ११ , आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने राजनीतिक दल गर्न आयोगले दिएको भाद्र ११ गते सम्मको समयसिमा अन्र्तगत शनिवार सम्ममा दल दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ६४ पुगेको आयोगले जनाएको छ ।
शनिवार आगोगमा यसअघिको निर्वाचन वहिष्कार गर्दै आएका राजपाले पनि दल दर्ता गराएका जनाउँदै आयोगले व्यवस्थापिका–संसदमा रहेका शेरबहादुर देउवा सभापति रहेको सत्तारुढ नेपाली काँग्रेस र उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम प्रजातान्त्रिक , उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पुशपति शमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले भने निर्वाचन प्रयोजनका लागि पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी रहेको सम्वद्ध पार्टीका नेताहरुले बताएका छन । आयोगका अनुसार एमाले , माओवादी केन्द्रलगायतका दलले भने यसअघि नै आयोगमा दल दर्ता गराइसकेका जनाएको छ ।