काठमाडौं श्रावण १८ , आज बसेको माओवादी केन्द्रको बैठकले आसन्न स्थानीय तहको निर्वाचन अन्र्तगत आश्विन २ गते प्रदेश न २ मा हुने निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको उक्त बैठकले शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको जानकारी दिदै पार्टी प्रवक्ता समेत रहेकी नेत्री पम्फा भुसालले बैठकले अध्यक्ष प्रचण्डलाई सिराहा, नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापालाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले सात वटै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको उहाँले बताउँनु भएको छ ।