शुक्रबार, चैत्र १६, २०८०

निरव ज्ञवालीलार्इ रिहाइ गर्न एमालेको माग

Captureभक्तपुर श्रावण १८  नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको जनाउँदै तत्काल निरव ज्ञवालीलाइ रिहाइ गर्न माग गरेको छ ।

स्मरण रहोस भरतपुर महानगरपालिकाकामा माओवादी केन्द्रका उम्मेदवार रहेकी रेणु दाहाले निरवले फेसबुकमा आफूलाई गालीगलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएको विषयलाई लिएर आज उनलाई प्रहरीले पक्राउ गरेको हो ।