आइतवार, जेष्ठ ६, २०८१

मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्न आयोगको निर्देशन

काठमाडौं आषाढ १७, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन PressBigyapti2Asar17दिएको छ।गत आषाढ १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचन अन्र्तगत गाउँपालिका÷नगरपालिका निर्वाचनको मतगणनाको क्रममा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना सार्वजनिक भएसंगै आयोगले पछिल्लो निर्णय अन्र्तगत यस्तो निर्देशन जारी गरेको हो ।    जारी निर्देशनसंगै आयोगले निर्वाचन अधिकृतलाई मतपेटिकामा लगाइएका सुरक्षण सिल र सिलबन्दीलाइ आधार मान्न निर्देशन समेत दिएको आयोगले जनाएको छ ।