काठमाडौ फागुन २५, सप्तरीमा सोमबार भएको घटनाको विरोधमा गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बुधवार बसेको बैठकले नेपाल बन्दलगायत जिल्ला सदरमुकामहरूमा प्ले कार्डसहितको -याली प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ । साथै बैठकले मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ । बैठकले सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरूलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारसंग माग गरेको छ ।