शुक्रबार, चैत्र १६, २०८०

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

काठमाडौं फागुन २५, आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । नेपालमा पनि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले पनि महिला,सम्मानको आधार सीपयुक्त हात स्वरोजगार भन्ने नाराका साथ आज दिवस मनाउने भएको छ ।   बालबालिका तथा हरेक वर्ष मार्च ८ तारिखमा Scan10001(1)ssअन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । महिला माथि हुने सबै उत्पीडनको अन्त्यका साथै राजनीतिक निकायहरूमा समान सहभागिताको माग गर्दै सन् १९११ देखि यो दिवस मनाउने गरिएको हो । सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार ८६ करोड महिलाहरूलाई अहिले पनि आर्थिक गतिविधिबाट वञ्चित गराइएका छन् ।

यसैवीच अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले आज संयुक्त विज्ञप्ति जारी गरी महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा केही उल्लेख्य प्रगति भए पनि महिला सशक्तीकरणसम्बन्धी विषय कार्यान्वयनमा अझै गम्भीर चुनौती र अवरोध रहेको जनाएको छ । महिला समानता, उनीहरूको अधिकार एवम् सशक्तीकरण, दलित, आदिवासी, जातीय समुदाय, जोखिममा परेका समुदाय, शारीरिक रूपमा अक्षम, मधेसी, मुसलमान, शिख, सशस्त्र समूहबाट पीडित तथा सशस्त्र द्वन्द्वका चपेटामा परेका, पृथक लिङ्गीय पहिचान र यौनिकतायुक्त वर्गका चासोलाई सम्बोधन गर्ने २० विशेष विषय समेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।