अपुरो अधुरो एउटा सपना हौ तिमी,
पुरा नहुने एउटा चाहना हौ तिमी,
सहि हो या गलत थम्याउन सक्दिन,
जीउने एउटा बहाना हौ तिमी ………
जीवनभर बिझाई रहने सम्झना हौ तिमी,
भाग्य रेखा मेटिएको चिना हौ तिमी,
निको नहुने गहिरो घाउ हौ तिमी,
न पुरानो भुलेर नयाँ सोच्न सकिने,
न पुरानैमा जिवन जीउन सकिने,
अनौठो एउटा श्रृजना हौ तिमी,
जीउने एउटा बहाना हौ तिमी ………
छायाँ बनी पछ्याउने साथ हौ तिमी,
रेतिएको मुटु लिएर हाँस्नु पर्ने बाध्यता हौ तिमी,
छुटाउन नसकिने नशा हौ तिमी,
न उत्सवको निम्तो छाप्न सकिने,
न त मलामीको बाटो सोझ्याउन सकिने,
असमन्जको एउटा कहानी हौ तिमी,
जीउने एउटा बहाना हौ तिमी ………
– गौतम डंगोल “सन्देश”