काठमाडौं फागुन ११, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष लक्ष्मी गौतमलाई मातृशोक परेको छ। गौतमकी माता भिमादेवी गौतमको प्राङबुङ ४ स्थित आफ्नै निबासमा बुधवार निधन भएको हो ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी शोक विज्ञप्तिमा दुखको यस घडीमा मृतक भिमादेवी गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त लक्ष्मी गौतम सहित सम्पूर्ण गौतम परिवारमा हार्दिक समवेदना अर्पण गरेको छ ।