शनिबार, बैशाख २२, २०८१

व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलको उम्मेदवार घोषणा

बिर्तामोड माघ २९,   नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि स्वतन्त्रसहित पत्रकारहरुको सात संगठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलले आज शनिवार बिर्तामोडमा उम्मेदवारको नाम घोषणा गरेको छ ।  पत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरिएको कार्यक्रममा संयुक्त समावेशी प्यानलको निर्वाचन परिचालन समितिका संयोजक कृष्ण हुमागार्इँले उम्मेदवारहरुको नाम घोषणा गरे ।व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलबाट अध्यक्ष–तारामणि सापकोटा, उपाध्यक्ष–एकराज गिरी, उपाध्यक्ष(महिला)–लीला अनमोल उम्मेदवार रहेका छन् । त्यस्तै सचिव–गिरिराज भट्टराई, सह–सचिव–केशव भट्टराई, सह–सचिव(समावेशी)–इन्द्रजीत मुखिया र कोषध्यक्ष–इश्वर अधिकारी उम्मेदवार रहेका छन् ।
कार्यसमिति सदस्य खुलातर्फ सुरेन्द्र भण्डारी, देबु बानियाँ, डिल्लीराम घोरसाई, लिलाराज झापाली, पार्थ मण्डल, उद्धव पुरी, रञ्जित प्रसाई र उत्तम नेपाल उम्मेदवार रहेका छन् ।  कार्यसमिति समावेशी सदस्यमा महिलाः सुष्मा राजवंशी, जनजाति–सेसेहाङ फियाक, दलित–रञ्जित परियार र मधेसी–शन्तोष शर्मा उम्मेदवार रहेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द क्षेत्री, महासंघका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, केशव आचार्य पत्रकारका विभिन्न संगठनका प्रमुखहरुले महासंघका नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए । समारोहमा संयुक्त समावेशी प्यानलको प्रतिबद्धता पत्रसहित महासंघ केन्द्रीय 2सभासद् र प्रदेश सभासद्का उम्मेदवारहरुको नामसमेत सार्वजनिक गरिएको छ । जस अनुसार केन्द्रीय सभाषद्हरुमा गोबिन्दचन्द्र क्षेत्री, चिन्तामणि दाहाल, लोकराज ढकाल, कृष्ण हुमागाई, केशव आचार्य, भिम नेम्वाङ, बिष्णु सुब्बा, राजेन्द्र गौतम, उमाकान्त खनाल, कृष्ण सिंजाली, लक्ष्मण ढकाल, बिमल लामिछाने, दयाराम दाहाल, टिकाराम उप्रेती, गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शंकर, कमन देवान, डिकेश लामा, दिपिन राई, रमेश समदर्शी राई र पुकारचन्द्रसिंह राजवंशी उम्मेदवार रहेका छन् ।
केन्द्रीय सभासदमै   महिलातर्फ इन्दू पुर्वेली, सुशीला संग्रौला, रेजिना रोदन, रुमा राजवंशी र निर्मला तिम्सिना उम्मेदवार रहेका छन् ।  त्यस्तै प्रदेश सभाषद्मा लक्ष्मी लुइटेल, दिपेन्द्र कार्की, लक्ष्मी भण्डारी, दिलकुमार लावती, रश्मिेशेखर सुवेदी, विश्व थापा, दोर्ण अधिकारी, कृष्ण दाहाल, बिष्णु कुमार भट्टराई, नगेन्द्रमणि न्यौपाने, बिष्णु रिमाल, केशव धिताल, अर्जुन राजवंशी, दिपक ढकाल, सन्तोष अग्रवाल, रेवतीराज घिमिरे, लेखनाथ परदेशी, कोपिला बस्नेत, वेणुप्रसाद अधिकारी, कृष्ण दाहाल, बिष्णुकुमार भट्टराई, मनिषा गौतम, ओमप्रकाश भट्टराई, राजु पाठक, बेदप्रसाद हुमागाई, होमप्रकास अधिकारी, प्रकास उप्रेती, उर्मिला गौतम, घनश्याम अर्याल, तुलसीप्रसाद निरौला, झुलन रेग्मी, इन्द्रसिंह राजवंशी, उत्तम रिजाल, राजन सामपाङ र अमित खम्बू  उम्मेदवार रहेका छन् । संयुक्त समावेशी प्यानलले पत्रकार महासंघको गरिमा र मर्यादालाई उँचो राख्दै साझा, स्वतन्त्र र निश्पक्ष बनाउने, पत्रकार महासंघले पत्रकारको क्षयमता वृद्धिका लागि यस अघि संचालन भएका तालिम लगायतका कार्य तथा योजनालाई निरन्तरता दिने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
त्यस्तै महासंघले स्थापना गरेको नौ लाख रुपैयाँको ‘पत्रकार सहारा उपचार कोष’लाई क्रमशः ५० लाख पुर्याउने,  मोतिराम पत्रकारिता पुरस्कार र केटो पत्रकारिता पुरस्कारको एक लाखको अक्षयकोषलाई पाँचलाख पु¥याउने साथै केटो पत्रकारिता पुरस्कार छापा, रेडियो, टेलिभिजन र अनलाईनमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने र पुरस्कारका लागि छुट्टै कार्यविधि बनाउने घोषणा गरेको छ ।  त्यसैगरी श्रमजिवी ऐन कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने, संचार संस्थाको बिकासका लागि समन्वयत्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
फागुन ७ गते पत्रकार महासंघ झापाको १२औं जिल्ला अधिवेशनसँगै हुने निर्वाचनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल झापा, संघीय प्रेस फोरम नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारसहित ७ संगठनबीच कार्यगत एकता भएको हो । कार्यगत एकता गर्ने संगठनका प्रमुखहरुले संयुक्त समावेशी प्यानलका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराई पत्रकारिता पेशाको गरिमालाई उच्च बनाउन सबै झापाली पत्रकारहरुमा आव्हान गरेका छन् । उनीहरुले संयुक्त प्यानललाई विजयी गराउन आफ्नो संगठनकोतर्फबाट कुनै मूल्य नचुकाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, केन्द्रीय सदस्य विमल लामिछाने, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, संघीय प्रेस फोरमका अध्यक्ष देशराज नेम्वाङ, फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया र आदिवासी पत्रकार संघका अध्यक्ष पुकारचन्द्र राजवंशीले संयुक्त प्यानललाई विजयी गराउने प्रतिबद्धता जनाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस उक्त अवसरमा क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारीलाई प्रेस सेन्टरको अगुवाईमा पत्रकारहरुले ११ हजार रुपैयाँ सहयोग प्रदान गरिएको पनि समाचारमा उल्लेख गरिएके छ ।