बुधबार, बैशाख १२, २०८१

महासंघ झापामा फोनिज सहित ७ संगठनवीच कार्यगत एकता

बिर्तामोड माघ २८,  नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि यसअघि छ वटा संगठनले निर्माण गरेको व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा समेत समाहित भएको छ ।  आज शुक्रबार बिर्तामोडमा सम्पन्न स्वतन्त्र पत्रकारसहितका सात वटा संगठनको संयुक्त बैठकले फोनिजलाई समेत संयुक्त समावेशी प्यानलमा समाहित गर्ने निर्णय गरेको हो । उक्त निर्णयसंगै नेपाल पत्रकार महासंघ झापाको फागुन ७ गते हुने बाह्रौ जिल्ला अधिवेशन तथा निर्वाचनमा नयाँ नेतृत्वका लागि पत्रकारका संगठनबीच बृहत कार्यगत एकता कायम भएको छ ।
fnj election b (1)नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागार्ई, प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, संघीय प्रेस फोरम नेपालका अध्यक्ष देशराज नेम्वाङ, फोनिजका अध्यक्ष गणेशमान मुखिया, आदिवासी पत्रकार संघका अध्यक्ष पुकारचन्द्र राजवंशी, स्वतन्त्र पत्रकारहरुको तर्फबाट एकराज गिरी र केशव भट्टराईले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी प्यानलको तर्फबाट निर्वाचन परिचालन समिति समेत गठन भएको जनाएका छन् ।

व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानललाई विजयी गराउन प्रेस युनियन झापाका अध्यक्ष हुमागाईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको हो । समितिको सदस्यहरुमा टीकाराम उप्रेती, लीलाराज झापाली, इन्द्रसिंह राजवंशी, रञ्जित प्रसाई, ज्ञानेन्द्र निरौला, देशराज नेम्वाङ, गणेशमान मुखिया र पुकारचन्द्र राजवंशी रहेका छन् ।

झापाको पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन पत्रकार महासंघमा विगतमा भएका राम्रा कामलाई निरन्तरता दिन संयुक्त समावेशी प्यानलका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन निर्वाचन परिचालन समितिका संयोजक हुमागाईले आह्वान गरेका छन् । उनका अनुसार श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न झापाका सञ्चारसंस्थाको विकासमा सहयोगी भूमिका निर्वाह गर्न पत्रकार महासंघको नेतृत्वका लागि संयुक्त प्यानल बनाइएको बताइएको छ ।
संयुक्त प्यानल प्रेस सेन्टरको नेतृत्वमा निर्वाचनमा जान सहमत भएको हो । उम्मेदवारको नामावली सहित संयुक्त प्यानलको घोषणा माघ २९ गते शनिबार बिर्तामोडमा हुने बताइएको छ ।