बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

काठमाडौ माघ १९, वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा अनुरुप आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका  3rastrapati1प्रसाद ग्रहण भएको छ ।
समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।  सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणी कर्मचारी र सुरक्षा निकायका प्रमुख पनि वसन्त श्रवणका लागि हनुमानढोका पुग्नुभएको थियो ।