शनिबार, बैशाख ८, २०८१

निषेधको राजनितिले समाधान दिदैन:  मन्त्री केसी

काठमाडौं माघ १९, सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले संविधानका श्रस्टा कांग्रेस ,एमाले र माओवादिले सत्ता र प्रतीपक्षको भावना नलिई मधेसी मोर्चालाई समेत बिश्वासमा लिएर संविधान कार्यान्वयनमा लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ ।  त्यस्तै उहाँले एकले अर्कालाई निषेध गरेर समस्या समाधान नहुने भएकाले 16466225_1184977008218455_277975521_oसबैको सह अस्तित्व कायम रहने गरि सहमतिपूर्ण निकास निकाल्न सरकार प्रतिबद्ध रहेको समेत मन्त्री केसीको जनाउ दिनु भएके छ ।

बुधवार रिपोर्टस क्लबमा आयोजित पुरिचन्द्र देवकोटा लिखित कर्णाली दर्पण पुस्तक बिमोचन समारोहमा मन्त्री केसीले सरकार सहमति जुटाएर आगामी ज्येष्ठको पहिलो साता स्थानिय निकायको निर्वाचन गर्ने तयारीमा रहेको बताउँदै समयमै निर्वाचन नभए त्यसबाट सिर्जना हुनसक्ने राजनीतिक र संबैधानिक संकटबाठ कोहि पनि अछुतो नरहने भन्दै मन्त्री केसीले कुनै एक पक्षलाई निषेध गरेर गरिने निर्वाचनले सकारात्मक परिणाम दिन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको समेत वताउनुभयो ।
त्यस क्रममा मन्त्री केसीले कर्णालीको एकीकृत विकासमा जोड दिदै कर्णालीका जनताको चाहना र आवश्यकता अनुसार विकास योजनाहरु तय गरिनुपर्ने वताउनुभयो ।  कार्यक्रममा सांसद ललितजंग शाहि,साहित्यकार डा।नवराज लम्साल,रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला,पुस्तकका लेखक पुरीचन्द्र देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।