बुधबार, जेष्ठ २, २०८१

रोकियो दल दर्ता सम्बन्धी विधेयक

काठमाडौ माघ १२,  थ्रेसहोल्ड नराख्न साना दलले राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई मंगलबार ‘थर्काए’ पछि दल दर्तासम्बन्धी विधेयक रोकिएको छ । समितिले मंगलबार नै उक्त विधेयक पारित गरी संसदमा पेस गर्ने तयारी गरेपछि साना दलले थ्रेसहोल्ड नराख्न र राखे ‘जे पनि गर्ने’ भनी सभापति घर्तीलाई थर्काएको स्रोतले बतायो ।  त्यस्तै आजको अन्नपूर्ण दैनिकमा प्रकाशित प्रस्तुत खवरमा नेकपा मालेका सीपी मैनाली, राष्ट्रिय मधेस समाजवादी पार्टीका धर्मेन्द्र साह तेली, जनमोर्चाका चित्रबहादुर केसी, परिवार दलकी मिलन राजवंशी, बौद्धिक जनतान्त्रिक परिषद्का लक्ष्मण राजवंशी, जनमुक्ति लोकतान्त्रिकका sambidhan-sabha-bhawan1111शिवलाल थापा, नेमकिपाका प्रेम सुवाललगायत साना दलका नेताले सभापति घर्तीलाई सामूहिक भेट गरी थ्रेसहोल्ड नराख्न थर्काएको उल्लेख गरिएको छ । त्यस्तै खवरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले तीन प्रतिशतको थ्रेसहोल्ड राखेर दल दर्ता विधेयक पारित गर्ने तयारी गरेपछि साना दल एकजुट भई सभापति घर्तीलाई भेटेका थिए ।

‘उहाँहरूले जे पनि गर्छौं भनी थर्काएपछि उच्चस्तरको राजनीतिक छलफल गरी थ्रेसहोल्डबारे निर्णय लिने कुरा भएको छ’, समितिका एक सदस्यले भने । समितिले कांग्रेसका आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा उपसमिति गठन गरी विधेयक टुंग्याउने गरेको छ । साना दलले थर्र्काएपछि सभापति घर्ती र उपसमिति संयोजक ढुंगानाले उच्चस्तरको राजनीतिक सहमति नभएसम्म विधेयक अघि नबढाउने भनी समिति सदस्यहरूलाई जानकारी गराएको स्रोतले बतायो ।  थ्रेसहोल्डबाहेक विधेयकका अरू सबै विषय टुंगोमा पुगिसकेर विधेयक अन्तिम चरणमा रहेको समितिका सदस्यहरू बताउँछन् । थ्रेसहोल्डको व्यवस्थालाई साना दलले संविधान संशोधन विधेयकसँग ‘बार्गे्निङ’ गर्नसक्ने जनाउ दिएको कांग्रेसका एक सांसदलाई जानकारी गराएको स्रोतलाए उदृत गर्दै  समाचार प्रकाशित गरेको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031