आइतवार, बैशाख २३, २०८१

न्यायाधीश नियुक्तिप्रकरण यत्र तत्र सर्वत्र असन्तुष्टि

काठमाडौ माघ १,  विहिवार न्याय परिषदले गरेको उच्च अदालतको प्रयोजनार्थ भन्दै गरेको न्यायधिस नियुक्तिप्रति नेपाल बार एसोसिएसनले आफ्नो गम्भीर download8ध्यानाकर्षण भएको जनाएको छ । वारका उच्च अदालतमा स न्यायाधीश नियुक्ति भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   बारका महासचिव खम्मबहादुर खातीले शुक्रवार एके प्रेस विज्ञप्ति जारी गर्दै मावेशी र समानुपातिक अवधारणा विपरीत न्याय परिषद्को निर्णयले न्यायपालिकाको गरिमा बढाउने नभइ पु-याउँने काम गरेको भन्दै यसमा आफ्ना ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा न्याय परिषद्का सदस्य एवम् सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश वैधनाथ उपाध्याय र परिषद् सदस्य रामप्रसाद सिटौलाको अनुपस्थितिमा न्यायाधीश नियुक्तिको निर्णय हुनुलाई समेत दुर्भाग्यपूर्ण भनिएको छ ।

यसैवीच राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘विभिन्न पार्टीको भागबन्डाको आधारमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरिएकामा’ दुःख व्यक्त गर्दै स्वतन्त्र, स्वच्छ र निष्पक्ष न्यायालयले न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग गरेको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठद्दारा जारी प्रेस विज्ञप्तिमा राजनीतिक पार्टीको भागबन्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यतालाई कायम राख्न नसक्ने उल्लेख छ ।

त्यस्तै तमलोपाका प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पनि न्याय परिषद्ले गरेको न्यायाधीश नियुक्ति संविधानमा समावेशीताको प्रावधान विपरीत गरेको भन्दै असन्तुष्टि जनाएको छ ।