बिहिबार, बैशाख २०, २०८१

सेतो मछेन्द्रनाथको महास्नान पर्व सम्पन्न्

काठमाडौं पौष २२ , सेतो मत्स्येन्द्रनाथको महास्नान अर्थात् आर्यअवलोकेश्वर सेतो मच्छेन्द्रको महास्नान आज परम्पराअनुसार केलटोलस्थित मच्छेन्द्रबहालमा anup_20170106_1विधिवतरुपमा सम्पन्न  गरिएको छ । महास्नानअघि मत्स्येन्द्रनाथका मूल पुरोहितले दस दिक्पालको पूजा गरेका थिए । महास्नान गराउन बौद्ध तान्त्रिक विधिअनुसार नवनाग साधनाका साथै कलशाचार्य पूजा सहित मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई त्यसै बहालमा रहेको न्हवँ डबुमा सप्तनागसहितको आसनमा राखि ६ वटा तामाको घडामा शोभाभगवतीसँगैको निर्मल तीर्थ र विष्णुमतीको दोभानबाट ६ वटा तामाको र ३ वटा चाँदीको घडामा पवित्र जलले महास्नान गरिएको थियो ।