मङ्लबार, बैशाख २५, २०८१

यस्तो छ वर्षाको रोमान्स

काठमाडौं पौष ४, नायिका वर्षा शिवाकोटी पछिल्लो समय नेपाली चलचित्रका साथै म्युजिक भिडियोमा समेत उतिकै व्यस्त हुन थालेकी छिन् । हालै गायक प्रितम लामाको मेहेन्दो माया बोलको गीतको म्युजिक भिडियोमा उनी मोडल एस राजसँग देखा परेकी हुन् । भिडियोमा रमणीय दृश्यहरुका साथै वर्षा र एस राजको रोमान्स देख्न सकिन्छ । मेहेन्दोको अर्थ तामाङ भाषामा फूल हुन्छ । उर्जेन लामाको शब्द तथा संगीत रहेको गीतलाई सुनिल बर्देवाले संगीत संयोजन गरेका हुन् ।

रामेछापमा जन्मी हेटौंडालाई कर्मथलो बनाएका लामाले बिगत ६ वर्ष देखि संगीत साधना गर्दै आएका छन् । निकेश खड्काद्धारा निर्देशित भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् ।  तामाङ सेलो भाकाका गीत नेपाली भाषामा निर्माण हुने क्रम कम भएको समयमा गायक लामाको यो गीतबाट सांस्कृतिक एकता र विकासमा थप योगदान मिल्ने अपेक्षा गर्न सकिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930