बिहिबार, बैशाख २०, २०८१

भारतीय राजदुत रे लाई तत्काल देश निकाला गर्नपर्छ : विजुक्छें

प्रचण्ड नेतृत्वको सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको आरोप

काठमाडौं मार्ग २२, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतीय राजदूत रन्जीत रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने बताएका छन् । संवाद क्लब नेपालले बुधबार राजधानी गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा विखण्डन ल्याउने नियतका साथ भारतीय 4650राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको आरोप समेत लगाए  ।  त्यस्तै उहाँले नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांगे्रसका नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन भएको जिकिर गर्नुभएको छ ।

त्यस्तै गरि संविधान संशोधनको नाममा प्रचण्ड नेतृत्वको सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको भन्दै विजुक्छेंले अहिले ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव ल्याएको जनाउ दिनु दिदै अध्यक्ष विजुक्छेंले कुनै पनि जाति, भाषा, धर्म, क्षेत्रको आधारमा राजनीतिक दल खोल्न नपाउने गरी संविधानमा नै प्रतिबन्धको व्यवस्था गरिनुपर्ने बताए ।

एक अर्को प्रसंङगमा अध्यक्ष विजुक्छेंले माओवादको मुखुुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाएको आरोप लगाए । काँग्रेस  सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै, उनले देउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरेको आरोप लगाए । यही समयमा राप्रपा र राप्रपा नेपालबिच एकीकरण हुनु संयोग मात्र हुन नसक्ने भन्दै यसमा पनि भारतको हात रहेको हुन सक्ने आशंका समेत व्यक्त गरे ।