शनिबार, बैशाख २२, २०८१

द्वन्द्वपीडितका मुद्दा समाधान गर्न कांँग्रेसले अग्रसरता लिने

काठमाडौ मार्ग २२,   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज द्वन्द्व पीडित राष्ट्रिय समाजको ज्ञापन पत्र बुझ्दै द्वन्द्वपीडितका मुद्दा समाधान गर्न नेपाली कांँग्रेसले यसको अग्रसरता लिने जनाउ दिनु भएको छ । ज्ञापन पत्र बुझाउँनेक्रममा समाजका अध्यक्ष कुलबहादुर गुरुङको नेतृत्वमा गएको imagesप्रतिनिधीमण्डलसंग कुराकानी गर्दै सभापति देउवाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै सभापति देउवाले द्वन्द्व पीडितका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोगलाई क्रियाशिल बनाउँन आवश्यक योजना तय गर्दै पीडितका जायज मागलाई पार्टीले सकारात्मक रुपमा लिएको बताउँनु भएको हो ।