शुक्रबार, बैशाख २१, २०८१

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राजदूत पेरेलावीच भेटवार्ता ,श्रीलंका भ्रमणको निमन्त्रणा

काठमाडौ मार्ग २१, प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गरेकी छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको चर्चा गर्न भएको थियो ।

त्यस्तै उहाँहरुवीचको भेटमा प्रधानमन्त्री दाहालले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।   भेटमा श्रीलंकाली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्री प्रचण्डलाइ श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेकी छन् । फोटो साभार:   प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय