शुक्रबार, बैशाख ७, २०८१

प्रम प्रचण्ड र राजदूत रिन्चे टीरिन्कवीच भेटवार्ता

संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल

काठमाडौ मार्ग २१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्कले भेट गर्नुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीलाए उदृत गर्दै प्राप्त समाचार उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको जानकारी दिनुभएको उल्लेख गरिएको छ । फोटो साभार: प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930