मङ्लबार, जेष्ठ १, २०८१

सांसदको वृद्धि तलव फिर्ता नगरे चरणवद्ध आन्दोलन : विद्यार्थी नेताहरु

 काठमाडौं मार्ग ८ , नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १३ विद्यार्थी सङ्गठनले सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध आज captureराजधानीमा विरोध प्रदर्शन गरेका छन् ।  प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले भूकम्पबाट प्रताडित जनताको पुर्नस्थापित नभएको अवस्थामा सांसदहरूको सेवा सुविधाको लागि भन्दै वृद्धि गरिएको तलब तत्काल फिर्ता गरिनुपर्ने माग गर्दै वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

यसक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत सांसदको तलब वृद्धि गरिएको बताउँदै वृद्धि तलबभत्ता तत्काल फिर्ता गरिनुपर्नेमा जोड सदिनु भएको थियो भने अखिलका अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको जिकिर गर्नु भएको थियो  । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) सहसंयोजक राम नेपाली, लगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031